केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल, उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्दै
२४ माघ, काठमाडौं । काठमाडौंमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ।
उपाधिका लागि न्यू डायमण्ड र विभागीय टोली एपीएफ भिड्दैछन्। न्यू डायमण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै फाइनलमा सुरक्षित स्थान बनाएको थियो।
विभागीय टोली एपीएफ भने समूह चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो।