Advertisement

सुनको भाउ एकैदिन २ हजार रुपैयाँले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

0 47

Advertisement

२२ माघ, काठमाडाैं । सुनको भाउ आइतबार एकैदिन तोलामा २ हजार रुपैयाँले सस्तिएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार सुन एकेदिा बिहीबारको रेकर्ड मूल्य १ लाख ७ हजार ५०० रुपैयाँबाट एकैदिन १ हजार ४०० रुपैयाँले घटेको थियो । उक्त दिन छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भएो थियो । माघ १९ गते बिहीबार भने एकैदिन १ हजार ७०० रुपैयाँले बढेर छापावालसुनको भाउ १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको भाउ पनि ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस अमेरिकी डलर १८६६ तथा चाँदी २२.३५ डलर हाराहरीमा कारोबार भैरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.