Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सन्दीपको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश फुयालको इजलासमा

0 23

२० माघ, काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित दर्ता भएको पुनरावलोकन निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ।

उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो।

नाबालिक बलात्कारको मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

Subscribe to our newsletter

उच्च अदालत पाटनको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो। सरकारी पक्षको निवेदनमा उच्च अदालत पाटनको आदेश खारेज गरी सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने आदेश जारी गर्न माग गरिएको छ।

उच्च अदालतको आदेशपछि रिहा भएपछि नेपाल क्रिकेट संघले सन्दीपमाथिको निलम्बन फुकुवा गरिसकेको छ। क्यानको निर्णयानुसार सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत सहभागी भइसकेका छन्।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान समेत रहिसकेका सन्दीपले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक नाबालिक किशोरीले गत भदौ २९ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। भदौ ५ गते घुम्नलाई नगरकोट जाउँ भनेर बोलाएका सन्दीपले आफूलाई काठमाडौंस्थित होटलमा ल्याएर पटक–पटक बलात्कार गरेको नाबालिक किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन्।

सन्दीपले ती किशोरीलाई काठमाडौं तथा भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं नै ल्याएको खुलेको थियो।

उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो।

त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.