Advertisement

बैंक खाताको विवरण सार्वजनिक भएपछि प्रेमप्रसादकी पत्नी नानुकाको आपत्ति

0 26

Advertisement

१९ माघ, काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलाम प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनको भनाइ छ। बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनले बताइन्।

गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको जनाइन्।

‘मेरो श्रीमानले मलाई पैसा आवोस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन्।

आफ्नो खातामा पैसा हाल्न कसैलाई पनि व्यक्तिगत रुपमा आग्रह नगरेको उनी बताउँछिन्। ‘सहयोगी मनबाट सहयोगस्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ’, अधिकारीले भनिन्।

उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आईएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिनसटहरु पोस्ट भइरहेका छन्।

श्रीमान प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै पुग्ने उनले बताइन्। ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई सहिद घोषणा गर्न माग पनि गरेकी छु’, अधिकारीले भनिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.