Advertisement

गगन थापाको प्रश्न– किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो?

0 30

Advertisement

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बर्डफ्लू न्यूनीकरणका लागि फार्म नष्ट गरिएको साना किसानको क्षतिपूर्ति रकम तत्काल भुक्तान नगरेर सरकारले किसानलाई झुलाइरहेको टिप्पणी गरेको छन्।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त माग गरेका हुन्। उनले बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्नुपर्ने भो? भन्दै प्रश्न उठाए।

‘संयौँको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन्। यी तिनै किसानहरु हुन्, जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरु चलाएका थिए। बर्डफ्लूको जोखिम न्यूनीकरण गर्नका लागि सरकारको निर्णयबाट उनका कुखुरा फर्म नष्ट गरियो। नियमअनुसार यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ’, थापाले भने, ‘सरकारलाई मेरो प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि?’

सरकारले बर्डफ्लू न्यूनीकरणका लागि भन्दै साना किसानको कुखुरा फार्म नष्ट गरेका थियो। उक्त क्षतिको पूर्ति स्वरुप सरकारले ५८ करोड भुक्तान गर्नु पर्नेछ। किसान बैंकको ऋणले थिचिएको भन्दै उक्त क्षतिपूर्ति तत्काल भुक्तान गर्न सांसद थापाले माग गरेका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.