Advertisement

कांग्रेसको एक मात्र सूत्र, जसरी पनि आफू सरकारमै हुनुपर्छ : ओली

0 25

Advertisement

११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारमा सहभागिताबाहेक अन्य विषयमा चिन्ता नगर्ने आरोप लगाएका छन्।

बुधबार एमाले स्कुल विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘नेपाली कांग्रेस आफूलाई पुरानो हस्ती, लोकतान्त्रिक पार्टी भन्छ। उसैले देशका बारेमा चर्चा गर्न आवश्यक नै ठानेन। उसको एउटा मात्रै सूत्र छ। आफू सरकारमा हुनुपर्छ भइगो नि! त्यही हो लोकतन्त्र? त्यही हो विकास?’

अध्यक्ष ओलीले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार भएपछि मात्रै विकास हुने भन्ने गरेको भन्दै आलोचना गरेका छन्। कांग्रेसमा नीति, चिन्तनको विश्लेषण गरेर मार्ग निर्देशन गर्ने जमात वैचारिक रुपमा पीडित हुने गरेको ओलीको भनाइ छ। उनले अरु पार्टीहरुले कर्मकाण्डी गर्ने गरेको बताउँदै एमालेले मात्रै विकास गर्न सक्ने दाबी गरे।

देशलाई राजनीतिक रुपमा लोकतन्त्र भएको, अर्थतन्त्रको हिसाबले सबल र विकसित भएको समृद्ध देशको परिकल्पना गर्ने पार्टी एमाले मात्रै भएको ओलीको दाबी छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.