Advertisement

समृद्धि फाइनान्स पौने ८ करोड नोक्सानीमा, खराब कर्जा १४ प्रतिशत नजिक

0 57

Advertisement

१० माघ, काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ७३ लाख ७० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । निष्क्रिय कर्जा बढेको इम्पेरिमेन्ट चार्जले फाइनान्सको नोक्सानी उच्च रुपमा चुलिएको हो ।

गत आवको दोस्रो त्रैमाससम्ममा फाइनान्सको खुद नाफा ६० लाख २२ हजार थियो । कम्पनीको वितरणयोग्य नाफा ३९ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ ।

गत आवको दोस्रो त्रैमाससम्म ३.०७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १३.९२ प्रतिशत पुगेको छ । यसले इम्पेरिमेन्ट चार्ज ४७ लाखबाट ७ करोड ८९ लाखभन्दा बढी पुगेको हो ।

चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड १७ लाख र सेयर प्रिमियममा १ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको सेयरधनी कोष ३९ करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा ऋणात्मक छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.