Advertisement

सूर्यज्योति इन्स्योरेन्सले वितरण गर्‍यो कम्बल र न्यानो कपडा

0 32

Advertisement

०६ माघ, काठमाडौं । हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा विरण गरेको छ।

सूर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुआत गरेको हो।

उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नका लागि विभिन्न सावधानीका उपाय अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो। साथै गुल्मिमा, बौद्धिक/बहिरा- अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

उक्त अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको थियो। लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योती लाइफ इन्स्योरेन्सका मधेस प्रदेशका प्रमुख दीपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो। साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको थियो।

केही हप्तादेखि चिसो क्रमिक रुपमा बढ्दै गएकोले यसबाट जोगिन न्यानोका लागि कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमका अभियान देशका अन्य स्थानमा पनि गर्दै जाने प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.