Advertisement

सभामुख घिमिरेद्वारा एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा

0 52

Advertisement

०६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। बिहीबार सभामुख पदमा निर्वाचित भएका घिमिरेले एमाले पार्टी सदस्यदेखि सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्नका लागि पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीति सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु।’

बिहीबार प्रतिनिधि सभा बैठकमा मत विभाजन हुँदा घिमिरे १६७ मतसहित सभामुखमा निर्वाचित भएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.