Advertisement

बाहिरी मुलुकबाट ल्याएर ५ महिनामा ६ अर्बको भटमासको तेल भारत निर्यात

0 48

Advertisement

०१ माघ, काठमाडौं । नेपाल भटमासको तेल र भटमासजन्य वस्तुमा आत्मनिर्भर छैन। आफ्नो उत्पादनले नपुगेर बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ।

पछिल्लो केही वर्षयता भने भटमासको तेल र भटमासजन्य वस्तु छिमेकी मुलुक भारत निर्यात गर्न थालिएको छ। तर त्यो नेपालको उत्पादन भने होइन। भटमासको तेल बाहिरी मुलुकबाट नेपाल ल्याएर भारत निर्यात गर्ने गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।

‘भटमासको तेलमा आफूलाई भन्सार छुट हुने हुँदा भारतले सहुलियतको लागि नेपालबाट आयात गर्छ। तर यो नेपाली उत्पादन होइन। नेपाली उत्पादनले त नेपाललाई नै पुगेको छैन। यो तेल विभिन्न देशबाट आयात गरेर निर्यात गरिएको हो,’ उनले भने। 

आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ३४ करोड ६३ लाख ७० हजार रुपैयाँको भटमासको तेल नेपालबाट भारतमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

भारतमा निर्यात भएको तेल:

आर्थिक वर्षनिर्यात
२०७५/०७६२ अर्ब ३४ करोड ६३ लाख ७० हजार
२०७६/०७७१२ अर्ब ६९ करोड ११ लाख २० हजार
२०७७/०७८५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार
२०७८/०७९४८ अर्ब १२ करोड ४ लाख ३१ हजार
२०७९/०८०६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार
स्रोत: भन्सार विभाग

१ लाख ९९ हजार रूपैयाँको ६५० केजी भटमासको बिउ निर्यात भएको छ। १० लाख २४ हजार ५ हजार रूपैयाँको भटमासको पिना ३२ हजार केजी निर्यात भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ६९ करोड ११ लाख २० हजार बराबरको ९ करोड ४१ लाख ८३ हजार ६९९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ।

भारतमै १० लाख ८ हजार रूपैयाँको ३ हजार १२० केजी भटमास र ५ करोड ९९ लाख ८२ हजार रूपैयाँको १२ लाख ४९ हजार ६२० केजी भटमासको पिना निर्यात भएको छ। त्यस्तै ३९ हजार रूपैयाँको ५ सय केजी भटमास हङकङमा निर्यात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रूपैयाँको २९ करोड ८० लाख ४३ हजार ८५९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। ६ करोड ९७ लाख ६० हजार रुपैयाँको ८ लाख ८० हजार केजी भटमासको पिना भारतमा निर्यात भएको छ।

गत आर्थिक वर्षमा ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रूपैयाँको १९ करोड ५४ लाख ४ हजार ३९७ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। भटमासको पिना तथा पेलेट दाना ८८ करोड ८० लाख ४० हजार रुपैयाँको भारतमा ९८ लाख ९८ हजार १५५ केजी निर्यात भएको छ।

त्यस्तै १ लाख ७० हजार रुपैयाँको ८७२ केजी भटमास अस्ट्रेलिया निर्यात भएको थियो। २ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ५४० केजी भटमास अमेरिका निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्याङ्क अनुसार ४ महिनाभित्र नेपालले ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख ८४ हजार ८९३ केजी भटमासको तेल निर्यात गरिएको छ।

त्यस्तै ८ करोड ३६ लाख २८ हजार रूपैयाँको १० लाख ४५ हजार १७० केजी भटमासको पिना तथा कुखुराको पेलेट निर्यात भएको छ। साथै ३४ हजार रूपैयाँको ३ सय केजी भटमासको बिउ युएईमा निर्यात भएको छ।  

आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष मंसिर महिनासम्म भारतमा भटमासको तेल मात्रै १ खर्ब २३ अर्ब ७९ करोड ७६ लाख ५६ हजारको निर्यात भएको भन्सार विभागले जनाएको छ।

निर्यातभन्दा आयात बढी
आर्थिक वर्ष २०७७ देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्मको भन्सार विभागको तथ्याङ्कमा १ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार रूपैयाँको भटमासको तेल बाहिरी मुलुकबाट आयात भएको उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा मात्रै २० अर्ब ७२ करोड २० लाख ११ हजार रूपैयाँ बराबरको भटमासको तेल आयात भएको भन्सार विभागले जनाएको छ। तर निर्यात भने ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको मात्रै रहेको छ।

मुलुकआव २०७५/०७६आव २०७६/०७७आव २०७७/०७८आव २०७८/०७९आव २०७९/०८०
अर्जेन्टिना१४ अर्ब ५ करोड ६४ लाख २५ हजार४० अर्ब ९५ करोड १९ लाख ४६ हजार३७ अर्ब ८९ करोड ५६ लाख ३९ हजार१२ अर्ब ९९ करोड ३ लाख ६३ हजार
ब्राजिल२ करोड ७६ लाख ५ हजार३० करोड ७० लाख ८१ हजार २ अर्ब ३ करोड २० लाख ८१ हजार१ खर्ब ४ अर्ब ५५ करोड ५८ लाख ९५ हजार१ अर्ब ३३ करोड ८९ लाख ७९ हजार
इन्डोनेसिया ८ करोड ९ लाख २९ हजार२ करोड ८४ लाख ६० हजार  
पराग्वे १ अर्ब २८ करोड ९ लाख १२ हजार६ अर्ब ९२ करोड ९६ लाख ४० हजार५ अर्ब ५२ करोड ७६ लाख ७४ हजार२ अर्ब ८३ करोड १८ लाख ७८ हजार
युक्रेन २३ करोड ४५ लाख ९७ हजार१ अर्ब २५ करोड ८६ लाख २२ हजार८८ करोड ४४ लाख ७७ हजार 
चीन  ३० करोड १ लाख ४७ हजार  
बोलिभिया  ११ करोड ६५ लाख ११ हजार  
टर्की  ४२ करोड २२ लाख ९३ हजार  
स्विट्जरल्याण्ड  ४ करोड ३० लाख ४७ हजार  
इजिप्ट  १ अर्ब ४५ करोड १० लाख ३५ हजार  
रसिया  १२ करोड ८३ लाख ७९ हजार  
भारत  ३ लाख ११ हजार२ लाख २२ हजार६ हजार
मलेसिया  २३ लाख १७ हजार१ करोड ६३ लाख ९९ हजार 
इटाली   ७२ करोड ९६ लाख ४३ हजार३३ करोड ५५ लाख ६० हजार
उरुग्वे   १ करोड ७१ लाख ६९ हजार 
भियतनाम   ५५ करोड ३१ लाख २० हजार१० करोड ५२ लाख १८ हजार
अमेरिका   ५६ करोड ६३ लाख ३२ हजार४ करोड २० लाख ६ हजार
यूएई   १२ हजार 
जम्मा१ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार
स्रोत: भन्सार विभाग

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम 
आर्थिक वर्ष २०७५/०७६ साउनदेखि मंसिरसम्ममा १० करोड ७४ लाख ७३ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ साउनदेखि मंसिरसम्म ३ अर्ब ८ करोड ८१ लाख २० हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ। आर्थिक वर्ष २०७७/०७८ साउनदेखि मंसिरसम्ममा १३ अर्ब ५० करोड ५६ लाख ४ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ।

त्यस्तै गत आर्थिक वर्षको मंसिर महिनासम्म नेपालबाट ३० अर्ब ५५ करोड ८० लाख ३९ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको थियो। चालु आर्थिक वर्षको मंसिरसम्ममा ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको तेल निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम तेल भारतमा निर्यात भएको छ। भारतबाट माग कम भएकाले निर्यात कम भएको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए।

‘अहिले तेल उत्पादन राम्रो भए पनि भारतको माग कम भएकाले निर्यात कम भएको हो। यो वर्ष अघिल्लो वर्षभन्दा कम निर्यात हुने सम्भावना छ,’ उनले भने।    

नेपालमा भटमास खेती
कृषि विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती गरिन्छ तर यसको व्यावसायिक उत्पादन ठूलो मात्रामा भने छैन। यो उत्पादनले नधान्ने भएकाले विभिन्न मुलुकबाट भटमासबाट बन्ने तेल लगायतका वस्तु आयात गर्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता सन्जेल बताउँछन्।

आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा २२ हजार ६ सय २ हेक्टर जमिनमा २८ हजार २५३ मेट्रिक टन भटमास फलेको थियो।
    
आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ६१५ हेक्टर क्षेत्रफलमा २९ हजार १७६ मेट्रिक टन भटमास फलेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा २६ हजार ७१५ हेक्टर क्षेत्रफलमा ३४ हजार ५४४ मेट्रिक टन भटमास फलेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने नेपालमा २५ हजार ७५८ हेक्टर क्षेत्रफलमा ३२ हजार १७८ मेट्रिक टन भटमास फलेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.