यति एयरलाईन्सको विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु, विमान कमल केसीले उडाएका थिए
०१ माघ, काठमाडौं । पोखरामा यति एयरलाईन्सको विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।
यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको शव फेला परिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । जहाज क्याप्टेन कमल केसीले उडाएको जनाइएको छ । घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।