Advertisement

पाँच वर्षपछि नेपालमा सबैभन्दा जोखिममुक्त क्षेत्र कृषि हुनसक्छः भरत ढकाल

0 21

Advertisement

१९ पुस, काठमाडाैं । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत राज ढकालले अबको पाँच वर्षपछि नेपालमा सबैभन्दा उपयुक्त र जोखिममुक्त क्षेत्र कृषि क्षेत्र हुनसक्ने औंल्याएका छन् । बैंकको १७ औं वार्षिकोत्सवको अवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले बैंकहरुका लागि पनि जोखिमयुक्त क्षेत्र बनेको कृषि क्षेत्र पाँच वर्षपछि आकर्षको क्षेत्र हुनसक्ने बताएका हुन् ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर चलिरहेको बताउँदै संस्थाहरु एक आपसमा मर्जर भएपनि बैंकहरुसँग रहेको पुँजी परिचालन गर्न भोलिका दिनहरुमा लगानीको क्षेत्र खोज्नुपर्ने भएकाले नेपालले कृषि क्षेत्रमा लगानीको अवसर रहेको उनले बताए । उनले भने, “आजको दिनमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न कुनैपनि बैंक इच्छुक हुँदेनन् । किनभने उत्पादन र बजारलाई जोड्न नसकेको हुनाले नेपालको उत्पादनमुलक क्षेत्रबाट हुनसक्ने लाभ तथा प्रतिफल आउन सकेको छैन । यसले कृषि क्षेत्र बैंकहरुका लागि अहिले पनि जोखिमयुक्त क्षेत्र बनेको छ ।”

मुक्तिनाथ विकास बैंकले वित्तीय, मुक्तिनाथ कृषि कम्पनी, उत्पादन र बजारसम्म समेट्न सक्ने उल्लेख गर्दै बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पुर्वाधार निर्माण गर्दै गइरहेका बताउँदै उनको भनाई छ । मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी गर्ने बैंकको रुपमा तथा नेपालको कृषि र वित्तीय क्षेत्रमा नै लिड गर्नसक्ने उनको धारणा छ । ढकालले भने,“पछिल्ला दिनमा हिजो हामीले जे सोचेका थियौं, त्यो कुरा अहिले समग्र बैंकिङ्ग क्षेत्रले नै महसुस गर्दै आइरहेको अवस्था छ ।”

मुक्तिनाथ विकास बैंकले लघुवित्त सेवाको थालनीको इतिहास सम्झँदै उनले यसबाट बैंकले लघुवित्त क्षेत्रमा छुट्टै क्रान्ति नै ल्याएको बताए । बैंकले हिजोको दिनमा लघुवित्त सेवा नदिएको भए नेपालमा यति धेरै लघुवित्त नखुल्ने र नेपाल राष्ट्र बैंकले लघुवित्तलाई यति धेरै नीतिगत व्यवस्था पनि गर्दैनथ्यो कि भनेर राष्ट्र बैंककै कर्मचारीले समेत भन्ने गरेको उनले सुनाए ।

उनका अनुसार मुक्तिनाथ विकास बैंकले हिजोको दिनमा लघुवित्तीय सेवा प्रवाह गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्ने क्रममा दूर–दराजमा गएर सेवा प्रवाह गर्दा बैंकको लागत बढेर नाफा संकुचन भयो । बैंकले अब लघुवित्तका सेवाग्राहीलाई सहकारीमा रुपान्तरण गर्ने र सहकारीलाई उत्पादनसँग जोड्ने र सहरकारीलाई चाहिने वित्तीय र गैरवित्तीय सेवाहरु प्रदान गर्न मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लगायतका बैंकको कम्पनीहरुबाट शाखामा बसेर नै दूर दराजमा सेवा दिन सकिने अवस्था रहेको जिकिर गरे ।

नेपालमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमुलक क्षेत्रसँग नजोडिँदासम्म देशको अर्थतन्त्र कहिल्यै राम्रो हुन नसक्नेतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए । उनले भने, “जबसम्म ब्यवहारमा नै अर्थतन्त्र बचाउनेगरी काम गरिँदैन तबसम्म देश विकास हुन सक्दैन ।”

पछिल्लो समय राज्यले गाउँमा करोडौं, अरबौं रकम पुर्वाधारमा लगानी गरेको अवस्था रहेको र देशभर बाँझो जमिन रहेकाले कृषि मार्फत त्यसको भरपुर सदुपयोग गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार राजनैतिक द्धन्द्धका कारण गाउँ छाडेर मानिसहरु सहर आए, सहरमा समेत बस्न नसकेर वैदेशिक रोजगारीमा गए । उनीहरुले पठाएको रेमिट्यान्सले गर्दै आएको स–साना व्यवसाय पनि छाडेर हामी किनेर खान थाल्यौं । त्यसले गर्दा उत्पादनको चक्र (सप्लाई च्यालन) बिग्रन पुग्यो । जसलाई जोड्न एकदमै गाह्रो अवस्थामा पुगेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत अहिले बजार उपलब्ध भएकाले भोलिका दिनमा कृषिमा धेरै सम्भावना छ । उनका अनुसार उत्पादनको चक्रलाई एकीकृत रुपमा इको सिस्टमा जोड्दै जान सकेको खण्डमा अबको पाँच वर्षपछि नेपालमा सबैभन्दा उपयुक्त र जोखिममुक्त क्षेत्र कृषि क्षेत्र हुनसक्छ ।

कार्यक्रममा उनले बैंकको निर्धारण गरेको लक्ष्य पूरा गर्न जसरी पनि कर्जा दिने काम हुँदा कृषिमा प्रवाह भएको कर्जाको सही सदूपयोग हुन नसकेको तर्क गरे । बैंकहरुले कर्जा असुली भइराख्दासम्म ऋणीले कहाँ कर्जा उपयोग गरेको छ भने नखोजिने गरेको यनको भनाई छ । उनले भने, “ जबसम्म कर्जा रिकभरी भइराख्थ्यो तबसम्म ऋणीले कर्जा कहाँ प्रयोग गरिरहेको छ, ऋणीले के गरिरहेको छ भन्ने हामीले सामान्य सोधखोज समेत गरेनौं । जब ऋणीले कजाको किस्ता तिर्न छाड्यो, ढिलो गर्न लाग्यो तब मात्र हामीले ऋणीले ऋण नतिर्ने हो कि भनेर सोच्न थाल्छौं । जुनकुरा कर्जा दिनुभन्दा अगाडि सोच्नुपथ्र्यो ।”

हिजोका दिनमा एक देखि पाँच लाखसम्म कर्जा दिएका ऋणीहरुले छोटो समयमा नै भएको घर बनाउन र गाडी चढ्ने प्रगतिका कारण बैंकका कर्मचारी खुशी नदेखिने गरेकोमा आज तीनै ऋणीहरु कर्जा तिर्न समस्या हुँदा मोबाइल नै अफ गरेर बस्न थालेको उनले बताए । बैंकबाट प्रवाह भएको कर्जा सहि ठाउँमा गएको छ कि छैन भन्ने सोच राख्यौं कि राखेनौं भन्ने प्रश्न मुख्य हुने उनले बताए ।

कर्जाको गुुणस्तरमा ध्यान दिन नसक्दा बैंकिङ्ग क्षेत्रमा डिफस्टदर बढेको उनको भनाई छ । बैंक तथा वित्तीय संस्था परिसंघ स्थापनाको समयमा राष्ट्र बैंकले गर्ने कारवाहीको बारेमा मुख्य मुद्दा हुने गरेकोमा पछिल्लो समय खराब कर्जा बढ्दै गएकाले बैंकलाई कसरी बचाउने भन्ने विषयमा छलफल हुने गरेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.