हाम्रा एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको थियो : ज्ञानेन्द्र मल्ल

0 98

१९ पुस, काठमाडौं । जारी नेपाल टी–ट्वान्टी क्रिकेट फ्रेन्चाइज लिगअन्तर्गत काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङ (खेल मिलेमतो)को प्रस्ताव आएको बताएका छन्।

मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एन्टी करप्सन युनिट (एसीयू)लाई जानकारी दिएको बताए।

‘अरु टिमबारे मलाई थाहा भएन। हाम्रो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको साँचो हो। त्यसपछि हामीले नियमअनुसार एसियुलाई जानकारी दिएका छौँ,’ उनले भने।

आफूहरूले गरेको रिपोर्ट अहिले एसीयूले हेरिसकेको मल्लले जानकारी दिए।

प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका थिए।

यसैबीच फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.