Advertisement

कालीगण्डकीमा पुल निर्माण अलपत्र

0 52

Advertisement

१६ पुस, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन। नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणधीन पुलको काममा सुधार हुन नसकेको हो।

विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको थियो। तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ। पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताए।

पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ। दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उनले बताए। पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताए।

‘पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छौं, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छौं, पुल निर्माण चाँडो होस् भन्ने छ’, बास्तोलाले भने।

पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन। गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ।
सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताए।

पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन्। कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत २२ करोड ९८ लाख रहेको छ। पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ। पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.