Advertisement

आराम गर्ने मुडमा वर्षमान, को बन्ला ऊर्जा मन्त्री ?

0 51

Advertisement

१२ पुष, काठमाडाैं । वर्तमान सत्ता समिकरण निर्माणमा मुख्य भूमिका निभाएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन यसपटक सरकारमा नजाने मुडमा पुगेका छन् ।

सोमबारसम्म उपप्रधान सहित गृह मन्त्रीको दाबी गरिरहेकामा सो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्कातिर दलको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पुन व्याक हुने अवस्थामा पुगेका हुन् ।

पुन निकटस्थ स्रोतका अनुसार आफ्नो स्वास्थ्य अवस्था पनि कमजोर रहेकाले यसपाली सरकारमा नजाने र केहि आराम गर्ने पुनले बताउन थालेका छन् । जटिलखालको जण्डिसका कारण उनी गत सातामात्रै चीनमा पुनः उपचार गरेर नेपाल फर्किएका थिए । फर्किएलगत्तै उनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतका एमाले नेतृत्वसँग सरकार गठनका विकल्पमा छलफल सुरु गरेका थिए।

आफू सत्ता बाहिर रहे पनि विगतमा आफु र आफ्नो दलले सँहाल्दै आएको ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा माओवादीले नै पाउनु उपयुक्त हुने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

पुन सरकारमा नजाने भएपछि अव नयाँ अनुहारलाई मन्त्रीमण्डलमा ल्याउने मुडमा पनि दाहाल रहेको स्रोतले बताएको छ । उता नेता कृष्णबहादुर महराले भने प्रत्यक्ष निर्वाचनमा सम्मानजनक जीत हासिल गरेकी एक मात्र महिला रहेकी रेखा शर्मालाई सरकारमा पठाउनु पर्ने प्रस्ताव गरेका छन् ।

विगतमा संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको नेतृत्व गरिसकेकी शर्मालाई सरकारमा पठाउँदा महिला सहभागिता र वरिष्ठता समेत मिल्ने भएकाले महराले उनलाई सरकारमा पठाउनु पर्ने तर्क पार्टीभित्र गरिरहेका छन् । शर्मालाई ऊर्जा मन्त्रालय दिन उपयुक्त हुने उनको मत रहेको बुझिएको छ । यद्यपी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि उनका लागि विकल्प हुने उनको धारणा रहको बुझिएको छ ।

मुलुकले प्रगति हासिल गरिरहेको ऊर्जा क्षेत्र माओवादीकै नेतृत्वमा रहँदा प्रगति भइरहेकाले पनि त्यसको निरन्तरताका लागि ऊर्जा मन्त्रालय छाड्न नहुने मत पार्टीमा बलियो रहेको छ ।

२०६२/०६३ को आन्दोलन पश्चात अधिकाँश समय ऊर्जा मन्त्रालय नेकपा माओवादीले नै संहाल्दै आएको छ । पोष्टबहादुर बोगटी, जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले विभिन्न समयमा यो मन्त्रालय संहाल्दै आएका हुन् ।

तर सरकारमा सहभागी मुख्य दल नेकपा एमालेमा भने ऊर्जा मन्त्रीमा टोपबहादुर रायमाझीलाई पठाउने चर्चा चलिरहेको छ ।एमाले भित्र अर्को सम्भावित पात्र गोकर्ण विष्ट पनि हुन् ।

आठ सदस्यीय मन्त्रीपरिष्द गठन भइसकेपछि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी अध्यक्ष दाहाल भने अव सरकारले संसदमा विश्वासको मत लिइसकेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.