Advertisement

दुई घण्टा ढिलोगरी संस्थापन इतरको छलफलमा सहभागी भए शेखर

0 78

Advertisement

०५ पुष, काठमाडौं । संस्थापन इतर समूहका नेताहरुको छलफलमा दुई घण्टा ढिलोगरी डा शेखर कोइराला सहभागी भएका छन्। अन्य नेताहरु पूर्व निर्धारित समय बिहान ८ बजेदेखि नै छलफलमा जुटे पनि डा कोइराला करिब १० बजेतिर बैठकस्थलमा पुगेका हुन्।

लैनचौरस्थित एक होटलमा चलिरहेको बैठकबाट संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने जनाएको छ। संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले चुनावअघि नै उम्मेदवारी घोषणा गरेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गर्ने जनाएका थिए।

तर, चुनावपछि भने डा शेखर कोइरालालेसमेत रुचि देखाएका छन्। संस्थापन इतरबाट आफूले सभापतिमा चुनाव लडेको भन्दै दाबी गरिरहेका छन्।

संस्थापन इतरका दोस्रो तहका नेताहरुले समेत डा कोइरालालाई अघि बढाउने प्रयत्न गरिरहेका छन्। थापा अघि बढ्दा राजनीति तेस्रो पुस्तामा पुग्ने र आफ्नो सम्भावना सकिने आंकलन गर्दै दोस्रो पुस्ताले डा कोइरालालाई नछाड्न दबाब दिइरहको बुझिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.