Advertisement

एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता, ३ अर्ब ६५ करोड विदेशी लगानी प्रस्ताव

0 155

Advertisement

०३ पुष, काठमाडौँ । एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामै १२ वटा पर्यटन जन्य उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कात्तिक महिनामा पर्यटन मूलक उद्योगमा १२ वटा प्रतिबद्धता आउँदा सेवामूलक उद्योगतर्फ १० वटा प्रतिबद्धता आएको छ । यस्तै, पूर्वाधारतर्फ १ र सूचना प्रविधितर्फ समान १ प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

एक महिनामा आएका प्रतिबद्धताअनुसार एउटा ठुलो उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, ४ वटा मझौला र १९ वटा साना उद्योग स्थापनाको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योगहरूमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.