Advertisement

राधी विद्युतको लिलामीमा सेयर नपाउनेको पैसा मंगलबारदेखि फिर्ता हुने

0 84

Advertisement

१९ मंसिर, काठमाडाैं । राधी विद्युत कम्पनीले लिलामी सेयरमा बाँडफाँडमा नपरेको सेयर वापतको रकम मंसिर २० गते मंगलबारदेखि फिर्ता हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लिलामी सेयरमा आवेदन गरेको बैंक खातामा नै उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा जम्मा हुने जनाइएको छ । क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सिधै आवेदकको बैंक खातामा रकम ट्रान्सफर हुनेछ ।

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म लिलामी मार्फत बिक्री खुला गरिएको थियो । उक्त लिलामीको सेयर मंसिर १४ गते बुधबार शिलबन्दी बोलपत्र खुला गरी १६ गते शुक्रबार बाँडफाँड भएको थियो ।

लिलामी सेयरमा कुल १ सय ९८५ जनाले आवेदन दिएकोमा १९५ रुपैयाँ कट अफ प्राइस निर्धारण हुन आएको छ । न्यूनतम १९५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्ने बोलकबुल गर्नेले सेयर सकारेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.