Advertisement

एक पछि अर्को क्रिप्टो फर्म टाट पल्टिँदै, लगानीकर्ता बिचल्लीमा

0 50

Advertisement

१३ मंसिर, काठमाडाैं । पछिल्लो समयमा विश्वकै ठूला क्रिप्टो एक्सचेन्ज फर्महरु टाट पल्टिएका छन् । क्रिप्टो फर्म टाट पल्टिँदै गएपछि लगानीकर्ताहरुको बिचल्ली भएको छ ।

क्रिप्टो फर्म ब्लकफाइले आफू टाट पल्टिएको घोषणा गरेको छ । यस अघि नोभेम्बर ११ मा विश्वकै ठूलो क्रिप्टो फर्म एफटीएक्सले टाट पल्टिएको घोषणा गरेको थियो । जुलाई महिनामा एकै दुई ठूला क्रिप्टो फर्म–सेल्सीयस र भोयजर कोल्याप्स भएका थिए ।

क्रिप्टो फर्महरु टाट पल्टिदै गर्दा क्रिप्टोमा लगानी गरिरहेका करोडौँ मानिसहरु धरायासी अवस्थामा पुगेका छन् । क्रिप्टोकरेन्सी विकेन्द्रीकृत लेजर प्रणालीमा आधारित भएका कारण यसलाई कुनै पनि संस्थाले नियन्त्रण गरेको हुँदैन । क्रिप्टोको कारोबारमा कुनै पनि सरकारी संस्था वा संयत्र प्रयोग नहुँदा, लगानीकर्ताहरुको लगानी सुरक्षाको प्रत्याभूत सरकारले गर्दैन । यस कारण पनि अरुको बहकाउमा आएर लगानी गर्ने लगानीकर्ताहरु धरासायी अवस्थामा पुगेका छन् ।

कुनै पनि क्रिप्टोफर्मले अदालत सामु आफू टाट पल्टिएको घोषणा गरेपछि लगानीकर्ताहरुले आफ्नो लगानी वीथड्रल गर्नु पाउँदैनन् । अदालतको प्रक्रिया अनुरुप कुन लगानी कर्ताले कति रकम पाउने भन्ने निर्धारण हुन्छ । अमेरिकी कानुन अनुसार, कुनै पनि कम्पनी टाट पल्टिसकेपछि त्यसको क्षतिपूर्ति सर्वप्रथम जमानतमा कर्जा सापटी दिएका जोखिम रहित ऋणीलाई लिने प्रावधान छ । त्यसपछिको आवश्यक प्रक्रिया पुगेपछि कुनै पनि जमानत बिना कर्जा दिएका ऋणीहरुलाई र अन्त्यमा लगानीकर्ताहरुलाई क्षतिपूर्ति दिने प्रावधान रहेको छ ।

तर नेपाल, भारत, चीन लगायतका विभिन्न देशहरुमा क्रिप्टो करेन्सीको कारोबारलाई अवैधानिक घोषणा गरिएको छ । जसकारण यी देशहरुका लगानीकर्ताहरुको लगानी सुरक्षाको प्रत्याभूत क्रिप्टो फर्म बाहेक अरुले गर्दैन । तसर्थ क्रिप्टो कम्पनीहरु टाट पल्टिरहँदा लगानीकर्ताहरुको मनोबल कमजोर हुनु, निराश हुनु सामान्य रहेको छ ।

तर अदालती दिावालीयापनको प्रक्रियामा क्रिप्टो कम्पनीहरु गइरहँदा लगानीकर्ताहरु धैर्य भई अदालतको प्रक्रिया पूर्ण हुन दिनुपर्छ ।

यदि लगानीकर्ताहरुले वैधानिक सूचना प्रदान गरी केवाइसी फर्म भरेका छन् भने आफूले गरेको लगानीको क्षतिपूर्ति मिल्न सक्छ । यसैगरी क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिमा आधारित रहेको हुँदा लगानीको ब्याकअप हुन्छ ।

क्रिप्टो फर्महरु कोल्याप्स हुने शिलशिला जारी रहँदा बिटकोइनको मूल्यमा भारी गिरावट आएको छ । आज बिटकोइनको मूल्य एक कोइन बराबर १६ हजार ४६० डलर रहेको छ । गत वर्षको नोभेम्बर महिनामा बिटकोइनको मूल्य ५७ हजार ८७९ डलर रहेको थियो ।

अमेरिका लगायतका विकसित देशहरुले उदार मौद्रिक नीति अपनाउँदा मौलाएको क्रिप्टोकरेन्सीको मूल्य घट्नुमा देशहरुले अपनाएको संकुचित मौद्रिक नीति कारक तत्व रहेको छ । क्रिप्टोकरेन्सीको मूल्य आकाशिएको समयमा सिमित ज्ञान र प्रलोभनमा परी लगानी गरेका लगानीकर्ताहरु अहिले समस्यामा परेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.