Advertisement

भरतपुर महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काउने

0 81

Advertisement

१३ मंसिर, चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ । महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना पनि भत्काउने जनाएको छ ।

नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जनाएको छ ।

नक्सा पासमा बेसमेट पाकिङ स्वीकृत गरी अन्य प्रयोजन जस्तैं पसल, गोदाम, रेष्टुरेष्टमा प्रयोग भैरहेका बेसमेन्टहरू सोही प्रयोजनका लागि प्रयोगमा ल्याउन महानगरले सूचना जारी गरेर अनुरोध गरेको छ ।

महानगरले तोकिएको समय भित्र ति संरचनाहरु आफैले नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैंले हटाउने र लागेको खर्च सम्वन्धित व्यक्ति/संस्थाबाट असुल उपर गर्ने महानगरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.