Advertisement

बाराही हाइड्रोपावरको आईपीओ मंसिर २१ गतेदेखि

0 69

Advertisement

१३मंसिर, काठमाडाैं । बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । सर्वसाधारणका लागि छुट्टाइउको ४ लाख ५० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरेको २ लाख ५० हजार कित्तामध्ये अवितरित १ लाख ४ हजार कित्ता समेत थपेर सर्वसाधारणमा खुला गरिन लागिएको हो ।

कुल ५ लाख ५४ हजार कित्तामध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामुहिक लगानी कोष योजना र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

मंसिर २१ गतेदेखि खुला हुने सेयर चार दिन (मंसिर २६ गते) सम्म खुला रहनेछ । लगानीकर्ताले मेरो सेयर मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिएपनि उच्च् आवेदनका कारण एक हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रा एनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । कम्पनीले सेयर बिक्री गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.