Advertisement

काठमाडौंमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

0 72

Advertisement

१३ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् । उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ टंकीमा सोमबार बेलुकी साढे ८ बजे को १९ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा २ का ५५ वर्षीय भदु राजवंशी घाइते भएका छन् । उनको उपचार विराट मेडिकल कलेजमा भइरहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.