Advertisement

हिमालयन पावर पार्टनर २ करोड नोक्सानीमा

0 78

Advertisement

१३ मंसिर, काठमाडाैं । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ करोड ९० लाख ११ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट १ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा कम्पनीको विद्युत उत्पादन सुरु नभएकाले विद्युत बिक्री आय तथा नोक्सानी उल्लेख गरेको थिएन । कम्पनीले २०७९ असोज १४ देखि ब्यापारित विद्युत उत्पादन थालेको हो ।

कम्पनीले २ करोड १ लाख रुपैयाँ ब्याज खर्च, एक करोड ८ लाख ह्रासकट्टी लगायतका शीर्षकमा खर्च बढ्दा कम्पनीको नोक्सानी चुलिएको हो ।

कम्पनीले लमजुङ्गमा निर्माण गरेको २७ मेगावाट क्षमताको दार्दीखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालेकाले आगममी दिनमा संस्थाको वित्तीय अवस्थामा सुधार हुँदै जाने देखिन्छ ।

चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको हिमालयन पावर पार्टनरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा नोक्सानीमा छ । यस्तै कम्पनीको जगेडा कोष १ करोड ९० लाख ११ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ घटेर ९८.२२ रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.