Advertisement

मतपरिणामपछि पाँच दलीय गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण

0 65

Advertisement

११ मंसिर, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चुनावको परिणामपछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्।

आइतबार बिहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्ने सहमति भएकाले सोही अनुरुप अघि बढ्ने बताए।

प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने उनले बताए। ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने विषयमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेता बसेर टुंग्याउनुहुनेछ।’

रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाणले आफूले निर्वाचनको नतिजालई सहज रुपमा लिएको बताए। खाण राप्रपा नेता दीपक बोहरासँग पराजित भएका छन्।

‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ। तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ। तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ उनले भने।

भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गरेका थिए। आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफैं उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताए।

गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्णरुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.