Advertisement

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

0 75

Advertisement

११ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ । मंसिर ११ गते आईतबार उक्त भवनमा पूजा पाठ गरी बैंकिङ कारोवार संञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

हाल कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा नं. ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी एक सय मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहहेको छ ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.