Advertisement

प्रतिनिधिसभातर्फ ७७ क्षेत्रमा मतगणना सकिँदा एमाले दोस्रो स्थानमा

0 66

Advertisement

०८मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ अहिलेसम्म १६५ मध्ये ७७ निर्वाचन क्षेत्रमा मतणना सकिएको छ । तीमध्ये २८ क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । मत गणना जारी क्षेत्रमा कांग्रेसले २६ क्षेत्रमा अग्रता लिरहेको छ ।

यस्तै, नेकपा एमालेले अहिले मध्यान्हसम्ममा प्रतिनिधिसभातर्फ १६ क्षेत्रमा निर्वाचित भएको भने ३० क्षेत्रमा अग्रता लिएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले ८ क्षेत्रमा प्रनिनिधिसभा सदस्यमा विजयी भएको भने ९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ ८ क्षेत्रमा विजयी हासिल गरेको छ भने तीन क्षेत्रमा अग्रता लिएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ६, राप्रपाले २, जसपाले १, लोसपाले २ र राष्ट्रिय उन्मुक्ति पार्टीले १ क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ३, जसपा ५ र नागरिक उन्मुक्ति १ क्षेत्रमा अग्रता लिइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.