विश्वकप फुटबलमा आज चार खेल : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै
६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ ।
समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ ।
दोस्रो खेलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया भिड्नेछन् । यो खेल एजुकेसन सिटी रंगशालामा साँझ पौने ७ बजे सुरु हुनेछ ।
समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड राति पौने १० बजे भिड्नेछन् । यो खेल ९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको अस्थायी रंगशाला ९७४ स्टेडियममा हुनेछ ।