Advertisement

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्

0 55

Advertisement

०५ मंसिर, एजेन्सी। जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम चाल्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थायित्वका लागि आह्वान बाबजुद उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणले यस क्षेत्रलाई थप अस्थिर बनाएको जी ७ राष्ट्रहरूको समूहका विदेश मन्त्रीहरूले बताएका छन् ।

जी ७ राष्ट्रहरूले जारी गरेको एक विज्ञप्तिमा एकजुट र सशक्त जबाफका लागि अन्तर्राष्ट्रिय समुदायको आह्वान र सुरक्षा परिषदले लिनु पर्ने थप महत्वपूर्ण उपायहरूको आवश्यकतामा जोड दिइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.