केपी ओली उम्मेदवार रहेको झापा ५ को मतगणना शुरु
५ मंसिर, गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् ।
यस निर्वाचन क्षेत्रबाट नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन् ।