Advertisement

थिमीको मैत्री अस्पतालका लागि कोईकाको ९० लाख डलर सहायता  

0 148

Advertisement

०५मंसिर, काठमाडाैं । नेपाल कोरिया मैत्री अस्पतालको पूर्वाधार तथा जनशक्ति विकासका लागि कोरिया सरकारले ९० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ ।

मध्यपुर थिमी स्थित सो अस्पतालमा गुणस्तरीय व्यवस्थापन, संक्रमण नियन्त्रण, जनस्वास्थ्य बिमाका लागि खर्चगर्ने योजना रहेको कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले जनाएको छ ।

सहयोगसम्बन्धी अवधारणापत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिङ तामाङ र कोइकाका नेपाल निर्देशक संघोन कोले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा कोले सहरी क्षेत्रमा विद्यमान बाल तथा मातृ मृत्युदर बारे चासो राख्नु भएको थियो ।

कोरिया सरकारले कोइका मार्फत सन् १९९१ देखि नेपालको स्वास्थ्य व्यवसायिक तालिम, ग्रामीण विकास तथा सूचना प्रविधि क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.