Advertisement

मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्वाचन आयोगको निर्देशन

0 75

Advertisement

०३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्देशन जारी गरेको छ।

आयोगले मुख्य निर्वाचन कार्यालय, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन जारी गर्दै मतगणनाको अपडेट प्रत्येक घण्टामा सञ्चारमाध्यमलाई उपलब्ध गराउन भनेको हो।

निर्वाचन आयोगले ६बुदेँ निर्देशन दिँदै मतगणना र मत परिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन भनेको छ। मत परिणाम सार्वजनिक गर्नका लागि निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकेर सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न आयोगले भनेको छ।

आयोगले मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि उपयोग गर्न सक्ने आयोगको सुचनामा उल्लेख छ।

आयोगले मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.