Advertisement

क्यालिब्रेसन उडानका कारण पोखराको नियमित उडान प्रभावित हुने

0 74

Advertisement

२ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि सोमबारदेखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि १२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौं पटक उडान तथा अवतरण गर्नेछ । सो क्रममा नियमित उडानहरु भने प्रभावित हुनेछन् ।

वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित गराएका छन् । यति एयरलाइन्सले एक सूचना प्रकाशित गर्दै क्यालिब्रेसन उडानका कारण आफ्नो नियमित उडान एक सातासम्म प्रभावित हुने बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.