Advertisement

गृहमन्त्री खाणलाई चुनावमा सघाउने व्यवसायीलाई मेयर बनाउने लिखितम्

0 90

Advertisement

०२ मंसिर, रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणलाई चुनावमा सघाउने शर्तमा नेपाली कांग्रेस रुपन्देहीले एक व्यवसायीलाई सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने लिखितम् गरेको छ।

रुपन्देही- ३ का उम्मेदवार खाणलाई चुनाव जिताउन रुपन्देहीको गल्लामण्डी निवासी व्यवसायी कृष्णप्रसाद शर्मालाई उम्मेदवार बनाउने लिखित सहमति गरिएको हो।

स्थानीय तहको पाँच वर्षपछि हुने निर्वाचनका लागि उम्मेदवार बनाउने सहमतिमा रुपन्देही कांग्रेसका सभापाति तथा खाणका भाइ रामकृष्ण खाणले हस्ताक्षर गरेका छन्।

इस्तियाक अहमद खानको रोहबरमा दुई बुँदे सहमति भएको छ। सहमतिको पहिलो बुँदामा छ, ‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाणलाई जिताउन कृष्णप्रसाद शर्माको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुर्‍याउने।’

यसैगरी अर्को बुँदामा शर्माले पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने उल्लेख गरिएको छ। खाणसँग एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरा उम्मेदवार छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.