Advertisement

सर्वोच्चले भन्यो– तोसिमाले लिएको भत्ता भैपरी आउने सामान्य भुक्तानीमात्र हो

0 93

Advertisement

२८कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले डा तोसिमा कार्कीको पक्षमा आदेश गरेको छ। निर्वाचन आयोगले दायर गरेको ‘भ्याकेट’को निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले लाभको पदको ब्याख्या समेत गरेको छ। सर्वोच्चले निर्वाचन आयोगले भन्दै आएको लाभको पदलाई अस्वीकार गरेको छ।

सर्वोच्चले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्नुपर्ने कारण नभएकोसमेत भनेको छ। निर्वाचन आयोगले कार्की लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेजी गरिदिए पछि उनी सर्वोच्च पुगेकी थिइन्। कार्की ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेकी छिन्।

सर्वोच्चले कार्कीको पक्षमा अन्तरिम आदेश दिँदै उम्मेदवारी कायमै गरिदिएपछि आयोग भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेको थियो।

आयोगको भ्याकेटमा सोमबार अन्य विषयमा पूर्ण फैसलापछि निर्णय हुने भन्दै सर्वेच्चले लाभको पदमा रहेको भन्न नमिल्ले व्याख्या गरेको हो।

‘निवेदीका नियमितरूपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभइ मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ताजस्ता अस्थायी वा भैपरी प्रकृतिका सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो’, अदालतको आदेशमा भनिएको छ, ‘यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७ (१) ङ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ ङ को प्रयोजनका लागि ‘लाभको पदमा बहाल रहेको’ भनी मान्न मिल्ने देखिएन।’

No description available.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.