Advertisement

सुशासन, विकास र समृद्धि नै गठबन्धनको अजेण्डा हो : प्रचण्ड 

0 91

Advertisement

२८कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनको एकमात्र अजेण्डा सुशासन, विकास र समृद्धि भएको उद्घोष गरेका छन्।

सोमबार लम्जुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेर करिब दुई तिहाईको जनमत गठबन्धनको सरकारमा छ भन्ने सावित गर्‍यौं। अब यो संघ र प्रदेशको निर्वाचनमा पनि हामीलाई अत्यधिक मतले जिताउँदा भोलि बलियो गठबन्धनको सरकार बन्छ। गठबन्धनको एक मात्र अजेण्डा सुशासन, विकास र समृद्धि नै हो। अरु कुनै अजेण्डा छैन।’

उनले राजनीतिक स्थायित्त्वका लागि गठबन्धनले विजय हासिल गर्नुपर्ने भन्दै शेरबहादुर देउवा र आफू देशभर घुमेको बताए। उनले देशव्यापी रुपमा गठबन्धनको लहर बढ्दै गएको दाबी गरे। उनले चुनावपछिसमेत गठबन्धन रहने दाबी गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.