अध्यक्ष ओलीले सोमबार चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने
२८कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
ओलीले पहिले चितवनमा सम्बोधन गर्ने र दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यस अघि आइतबार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा आयोजना गरिएका चुनावी सभालाई उनले सम्बोधन गरेका थिए। वागमती प्रदेशमा ओलीले पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दैछन्।
यता, सत्ता गठबन्धनले सोमबार काठमाडौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ।