Advertisement

पहिलो त्रैमाससम्म आन्तरिक राजस्व संकलन लक्ष्यको ९१ प्रतिशतमात्र

0 113

Advertisement

२१ कात्तिक, काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा छ ।

आन्तरिक राजस्व विभागका अनुसार आवको पहिलो तीन महिना (साउन–असोज) मा विभागले लक्ष्यको ९१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । असोज महिनासम्म विभागले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलन भने ९५ अर्ब ७१ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ९१ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागका अनुसार तीन महिनामा विभागले आयकरतर्फ लक्ष्यको ७८.८९ प्रतिशत मात्र संकलन गर्न सकेको छ । पहिलो त्रैमासमा ३९ अर्ब ९ करोडको लक्ष्य राखिएकोमा संकलन ३० अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ । घर बहाल कर ५९.८९ प्रतिशत मात्र संकलन भएको छ ।

यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ घर बहाल कर संकलन गर्ने लक्ष्य राखिएकोमा संकलन ५१ करोड ६४ लाख रुपैयाँ मात्र भएको छ । ब्याज असुली ८३.९८ प्रतिशत भएको छ । १० अर्ब २७ करोड रुपैयाँ ब्याज असुलीको लक्ष्य रहेकोमा ८ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर (आन्तरिक) ८६.७६ प्रतिशत संकलन भएको छ । ३१ अर्ब १४ करोड रुपैयाँ भ्याट संकलनको लक्ष्य राखिएकोमा प्राप्ति भने २७ अर्ब रुपैयाँ भएको छ । अन्तःशुल्क भने लक्ष्य भन्दा बढी ११६.४२ प्रतिशत उठेको छ । २२ अर्ब ५१ करोड रुपैयाँ अन्तःशुल्क संकलनको लक्ष्य रहेकोमा संकलन भने २६ अर्ब २१ करोड रुपैयाँ भएको छ । स्वास्थ्य सेवा शुल्क दोब्बरले बढेको छ ।

तीन महिनामा ९३ करोड ३५ लाख शुल्क संकलनको लक्ष्य रहेकोमा संकलन भने २ अर्ब ८ करोड रुपैयाँ भएको छ । यो २२३.११ प्रतिशत प्रगति हो । शिक्षा सेवा शुल्क ३९ करोड ८४ लाख रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ४० करोड ४८ लाख संकलन भएको छ । यो लक्ष्यको १०१.६० प्रतिशत हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.