Advertisement

नेप्सेको तथ्यांक प्रयोग गर्न मासिक २ हजार डलरसम्म शुल्क

0 87

Advertisement

२१ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्रयोग तथा प्राप्त गर्नका लागि अब शुल्क तिर्नुपर्ने भएको छ । नेप्सेले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि जारी गर्दै तथ्यांक प्रयागका लागि शुल्क तोकेको हो ।

‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनुपर्नेछ भन्ने व्यवस्था भएको हुँदा इच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आव २०७९/८० को लागि यो सूचना जारी भएको मितिले ३० दिन भित्र आवेदन दिनु हुन अनुरोध छ’ सोमबार नेप्सेले एक सूचना प्रकाशित गर्दै भनेको छ ।

सूचना प्रविधि नीति, २०७७ अन्तर्गत रही विभिन्न प्रयोगकर्ताहरुबाट निश्चित शुल्क लिई वास्तविक समय वा ऐतिहासिक तथ्यांक उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सञ्चालक समितिले उक्त कार्यविधि बनाएको जनाएको छ । इन्भेष्टमेन्ट कम्पनी, वित्त विष्लेशक लगायतको लागि सह-शुल्क तथ्यांक उपलब्ध गराउने नेप्सेले जनाएको छ । प्रयोकर्ताले नेपसेले तोकेको शुल्क त्रैमासिक रुपमा अग्रिम भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

शैक्षिक तथा अनुसन्धान प्रयोजनका लागि व्यक्तिगत तर्फ तथ्यांक प्रयोगको प्रयोजन स्पष्ट रूपमा खुलेको निवेदन, निवेदक विद्यार्थी भएमा सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा सरकारी निकायबाट जारी भएको परिचयपत्र आवश्यक पर्ने कर्याविधिमा उल्लेख छ ।

त्यस्तै संस्थागत प्रयोगका लागि तथ्यांक प्रयोगको प्रयोजन स्पष्ट रूपमा खुलेको निवेदन, विश्वविद्यालयको हकमा डिनको कार्यालयको र निजी शैक्षिक संस्थाको हकमा सम्बन्धित संस्थाको प्रमुखको सिफारिस पत्र, निजी शैक्षिक संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि चाहिनेछ ।

व्यावसायिक प्रयोजननका लागि तथ्यांक प्रयोगको प्रयोजन स्पष्ट रूपमा खुलेको निवेदन, कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, तथ्यांक वितरकको हकमा तथ्यांक बेचबिखन गर्न सक्ने उद्देश्य खुलेको प्रबन्धपत्र नियमावलीको प्रतिलिपि, सञ्चार माध्यमको हकमा सूचना विभागमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, एपीआई. जडानका लागि सर्भर, आईपी एड्रेस, नेटवर्क रेखाचित्र आदिको विवरण, विस्तृत व्यापार योजना, लगायत नेप्सेले आवश्यक देखेमा अन्य जानकारीहरु पनि माग गर्न सक्ने उल्लेख छ ।

कति लाग्छ शुल्क ?

नेप्सेको वास्तविक समयमा सबै डाटा प्रयागका लागि विदेशी कम्पनीले मासिक २ हजार डलरभुक्ताी गर्नुपर्ने हुन्छ । यस्तै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि) मासिक ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

सञ्चार माध्यमको समाचार प्रयोजनाका लागि वास्तविक समयमा सबै डाटा प्रयोगका लागि मासिक ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । तथ्यांक वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पून–वितरण प्रयोजनको लागि मासिक १ लाख रुपैयाा शुल्क तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विष्लेशक कम्पनीको प्रयोगका लागि मासिक ६० हजार रुपैयाँ शुल्क लाग्ने नेप्सेले जनाएको छ ।

आवश्यकता अनुसार सीमीत तथ्यांक पनि प्रयोग गर्न सक्ने र सोही अनुसारको शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.