Advertisement

बर्डफ्लुको संक्रमण फैलिँदा खिलुङ कालिका एग्रो फार्मको आम्दानी घटेता पनि कर्जा रेटिङमा सुधार

0 80

Advertisement

२०कात्तिक, काठमाडाैं । पोल्ट्री फार्म तथा अन्डाको होलसेल व्यापार गर्दै आएको खिलुङ कालिका एग्रो फार्मको सन् २०२२ को आम्दानी घटेको छ ।

३ वर्ष यता बर्डफ्लुको संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । सोही कारण फार्मको यो वर्षको सञ्चालन आम्दानीमा पनि कमी आएको छ । सन् २०२२ को जुलाई महिनासम्ममा कालिका एग्रो फार्मको कुल सञ्चालन आम्दानी ४५ करोड २० लाख रहेको छ ।

गत वर्ष फार्मको आम्दानी ४६ करोड ५० लाख रहेको थियो । गत वर्षको लेखा परिक्षण आम्दानी र यसवर्षको अपरिष्कृत आम्दानीको तुलना गर्दा फार्मको आम्दानीमा ३ प्रतिशतको गिरावट आएको हो ।

यसैक्रममा ६४ करोड ५२ लाख ८० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन ऋणका लागि केयर रेटिङ एजेन्सीले बी प्लस र ए४ रेटिङ पुनःपुष्टि गरेको छ।

एजेन्सीले ३५ करोड २८ लाख ८० हजार बराबरको दीर्घकालीन ऋणका लागि बी प्लस र २९ करोड २४ लाखको अल्पकालीन ऋणका लागि ए४ रेटिङ गरेको छ । यसैगरी यस अघि इस्सुअर नट कोअपरेटिङको सूचीमा वर्गीकृत भएको एग्रो फार्मलाई केयर रेटिङले उक्त सूचीबाट मुक्त गरेको छ ।

पाँच ब्रिडिङ सेड र ५१ हजार अन्डा उत्पादन क्षमता रहको खिलुङ कालिका एग्रो फार्म स्याङजा जिल्लामा रहेको छ । फार्मले लुम्बिनी र गण्डकी प्रदेशमा अन्डा, रिर्टायड लेयर, रासायनिक मल बिक्रि वितरण गर्दै आएको छ । यस संस्थाको अध्यक्ष गंगा प्रसाद अर्याल रहेका छन् भने प्रमोटर व्यवसायी शोभाकान्त ढकाल रहेका छन् ।

चालु पँजीमा उच्च निर्भरता, बर्डफ्लुका संक्रमणका कारण घट्दो आम्दानी, अन्डा उत्पादक उद्योगहरुबीचको बढ्दो प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर र बर्डफ्लु लगायतका रोगहरुको जोखिम लगायतका चुनौतीहरुको सामना एग्रो फार्मले गर्दै आएको छ ।

तरपनि पल्ट्री उद्योगको प्रवद्र्धनमा नेपाल सरकारले अघि सारेका सकरात्मक कदमहरु, नेपाललाई मासु तथा अन्डा उत्पादनमा आत्मनिर्भर बनाउन गरिएका नीतिगत सुधारहरु, बर्डफ्लु नियन्त्रण गर्नका लागि परीक्षण सुविधा लगायतका पक्षहरुले पल्ट्री व्यवसाय आकर्षणको केन्द्र रहेको छ ।

यसैगरी लामो समयदेखि नेपालको बैकिङ, होटल, पर्यटन, कृषि, पल्ट्री तथा उर्जा क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका शोभाकान्त ढकाल प्रमोटर रहनु खिलुङ एग्रो फार्मको सबल पक्ष रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.