Advertisement

बैंकिङ प्रणालीमा ४४ अर्ब निक्षेप थपियो, कर्जा भने एक अर्बले घट्यो

0 85

Advertisement

३१असाेज, काठमाडाैं । बैंकिङ प्रणालीमा गत साताको पछिल्लो दुई दिनमा मात्रै ४४ अर्ब निक्षेप थपिएको छ । दसैं सकिए लगत्तै बाहिरीएको भन्दा पनि धेरै निक्षेप प्रणालीमा फिर्ता आएको हो ।

दशै सकिए लगत्तै अर्थात असोजको २५ गते मंगलबार मात्रै ३० अर्ब रुपैयाँ निक्षेप झिकिएको थियो ।

तर, मंगलबार झिकिएको निक्षेप बुधबार, बिहीबारमा प्रणालीमा ४४ अर्ब निक्षेप थपिएको छ । शुृक्रबार भने एक अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत साताको मंगलबार देखि शुक्रबारसम्ममा बैंकिङ प्रणालीबाट एक अर्ब कर्जा घटेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब २३ अर्ब रहेकोमा शुक्रबार ४७ अर्ब २२ अर्बमा झरेको छ ।

बैंकहरुमा स्रोतको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्ने दौडमा बैंकहरु थिए । बैंकहरुले ब्याजदर बढाए पनि दसैको सुरुवात देखि निक्षेपमा कमी आउने भन्दा पनि भएको समेत झिकिने समस्या देखिएको थियो । त्यो क्रम दशैं सकिएपछि सातामा सुधार आएको हो।

असोज २८ गते शुक्रबारसम्ममा बैंकिङ प्रणालीमा कुल ५१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । असोज २५ गते मंगलबार यस्तो निक्षेप ५० अर्ब ८७ अर्ब रुपैयाँ मात्र थियो ।

बैंकहरुबाट उच्च दरमा निक्षेप बाहिरिएपछि कर्जा निक्षेप अनुपातमा समेत घटेको छ । मंगलबार बढेर ८७.८१ रहेको बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात घटेर ८६.९४ प्रतिशतमा झरेको छ ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप वढाउन ब्याजदरमा गरेको भद्र सहमती समेत तोडेर ब्याजदर बढाएका छन् । ब्याजदर बढाउदा पनि नयाँ निक्षेप नआएपछि बैंकहरुले कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदरलाइ निरनतरता दिने सहमती गरीसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.