Advertisement

एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

0 118

Advertisement

२६ असाेज, काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहनेगरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेखबाटै हटाइने भएको हो ।

एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

सामाजिक सञ्जालमार्फत एमाले पार्टी परित्याग घोषणा गरेसँगै दोस्रो दिन भुसालले आसन्न प्रतिनिधिसभाका लागि रूपन्देही क्षेत्र १ बाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवार सिफारिस क्रममा भुसालको नाम रूपन्देही निर्वाचन क्षेत्र १ र ३ नम्बरबाट भएको थियो ।

तर, अन्तिम समयमा राप्रपासँगको चुनावी तालमेलका कारण क्षेत्र ३ मा राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाउने र १ नम्बरमा छविलाल विश्वकर्माको नाम उम्मेदवारमा सिफारिस भएपछि भुसालको नाम नपरेपछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिएका हुन् ।

साहलाई रौतहट ३ बाट टिकट दिइएको थियो । उनको स्वतन्त्र उम्मेदवारी विषयलाई लिएर एमाले अध्यक्ष ओलीदेखि केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टिप्पणी गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.