Advertisement

जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

0 116

Advertisement

२५ असोज, काठमाडाैँ । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ ।

नगरपालिका–३ स्थित देउराली, माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको पालिकाकी वरिष्ठ अधिकृत भद्रा अर्यालले बताइन् । “इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ”, निरीक्षणपछि उनले भनिन् ।

निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरु सहभागी थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताए । “थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ”, उनले भने ।

नगरपालिका–१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले बताए । खासगरी खोला किनारका बस्तीहरुमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उनको भनाइ छ । पानीले घना रूखबिरुवा भएका स्थानहरुमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उनले बताए ।

नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको जानकारी पनि अधिकृत अर्यालले दिए ।

“आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन । डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ”, उनले भने ।

बर्सातकै क्रममा देउरालीमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा रु ५० हजार दिने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । राहत र उद्धारका सबै व्यवस्थापन नगरपालिकाले मात्र गर्न नसक्ने भएकाले सङ्घीय सरकारलाई पत्राचार गरिएको पनि उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.