Advertisement

सुनको भाउ एकैदिन १२ सयले घट्यो, चाँदीमा पनि १५ रूपैयाँ गिरावट

0 112

Advertisement

२५ असाेज, काठमाडाैं । सुनको भाउ असोज २५ गते मंगलबार एकैदिन तोलामा एक हजार २०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । यसअघि सोमबार सुन तोलामा ८०० र चाँदी २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेपछि आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार सुन प्रतितोला ८०० रुपैयाँ घटेर छापावाल ९५ हजार २०० रुपैयाँ र तेजावी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदीको भाउ २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६५ डलर तथा चाँदी प्रतिऔंस १९.४० डलर हाराहारीमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

दशैंअघि असोज १४ गते शुक्रबार पछि आठ दिनपछि आइतबार भने सुन तोलामा ३ हजारले बढेर छापावाल सुन ९६ हजार र चाँदी ८५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । बडा दसैं विदाका कारण असोज १४ गते सुनको भाउ निर्धारण भएपछि ८ दिन अर्थात असोज २२ गतेसम्म सुनको भाउ तोकिएको थिएन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.