Advertisement

अटोमोवाइल क्षेत्रको आयात प्रतिवन्ध हटाउन नाडाको माग

0 91

Advertisement

२४ असाेज, काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडा ले अटोमोवाइल क्षेत्रमा लगाएको आयात प्रतिवन्ध हटाउन माग गरेको छ ।

नाडाले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक तथा सरकारको एकपछि अर्को नीति तथा निर्देशनका कारण अटोमोवाइल क्षेत्र अत्यन्त कठीन परिस्थितिमा गुज्रीरहेकाले आयातमा गरिएको प्रतिबन्धलाई हटाउन माग गरेको हो ।

नाडाले असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सि. भन्दा माथीका दुई पाङ्ग्रे सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्ध हटाउनको लागि मंगलबारदेखि दवाव मूलक कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताएको छ ।

विगतमा सरकारले खासगरी विदेशी मुद्रा संचितिमा दबाव परेको कारण देखाउँदै २०७९ बैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउँदै आएको र त्यस प्रतिवन्धलाई क्रमशःविस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु¥याएको जनाएको छ । तर, हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेको एसोसीएसनले विज्ञप्ति मार्फत दाबी गरेको छ ।

देशलाई भन्सार विन्दुमा उठने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र भएको पनि नाडाको भनाई छ । खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय सरकारको अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको गुनासो समेत नाडाको छ ।

नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अर्ब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट रहेको छ । तर, यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पु¥याएको नाडाको दाबी छ ।

नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भएपनि योगदान भने धेरै उच्च रहेको बताउँदैै कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउन नाडाले माग गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.