Advertisement

लुम्बिनी प्रदेशमा जसपाका २९  उम्मेदवार

0 110

Advertisement

२४ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गरेको छ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि जसपाको तर्फबाट बाँके–२ बाट उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले तराई मधेशका १४ जिल्लामा चुनावी तालमेल गरेको छ।

जसअन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरी बाँकी जिल्लाहरुमा एकल उम्मेदवारी दिएको जसपाले प्रदेशका ९ जिल्लाहरुमा उम्मेदवारी दर्ता गराएको छ।

जसपाको तर्फबाट बर्दिया–१ मा प्रतिनिधि सभाका लागि रेशमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेश सभातर्फ १ (१) मा दिलीप बर्मा र १ (२)मा कृष्ण यादवले उम्मेदवारी दिएका छन्। त्यस्तै बर्दिया–२ को प्रदेश सभातर्फ २ (१) मा शान्ता पौडेल र २ (२) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन्।

बाँके–१ मा प्रतिनिधि सभातर्फ रामबहादुर यादव तथा प्रदेश सभातर्फ ‘क’ मा अम्मरबहादुर खड्का र ‘ख’मा लालबहादुर शाह उम्मेदवार बनेका छन्।

त्यसैगरी, बाँके–२ मा यातायात मन्त्री तथा जसपा लुम्बिनी प्रदेशका राईले प्रतिनिधि सभाका उम्मेदवारी दिएका छन् भने प्रदेश सभातर्फ ‘क’मा आदेश अग्रवाल र ‘ख’ मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन्।

बाँके–३ मा प्रतिनिधि सभाका लागि नोयेन्द्र धिताल, प्रदेश सभातर्फ गयासुद्दीन खान र विजय कुमार पाठकले उम्मेदवारी दिएका छन्।

दाङ–१ को प्रदेश सभातर्फ ‘क’ मा जगतराम यादव, दाङ–३ को प्रतिनिधि सभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन्। जसपाले अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेश सभातर्फ टुक बहादुर तेवालीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, गुल्मीको प्रदेश सभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ। पाल्पा–१ मा मेहरमान राना र पाल्पा–२ बाट द्रुपता सोमै र प्रदेशसभातर्फ २ (१) मा खिक बहादुर रेश्मी उम्मेदवार बनेका छन्।

एमालेसँग चुनावी तालमेलमा रहेका तीन जिल्लातर्फ भने जसपाले नवलपरासी–२ को प्रदेश सभा २ (२) मा धरेन्द्र यादव, रुपन्देही–३ को प्रदेश सभातर्फ ३ (१) मा मेहन्द्र यादवलाई उम्मेदवार बनाएको छ।

रुपन्देही–४ को प्रतिनिधि सभातर्फ ओम प्रकाश यादव गुल्जारी र प्रदेश सभातर्फ ४ (२) का लागि राम अवतार यादव उम्मेदवार बनेका छन्।

त्यसैगरी, कपिलवस्तुमा प्रदेश सभातर्फ तीन जनाको उम्मेदवारी परेको छ। कपिलवस्तु–१ को प्रदेशसभातर्फ १ (२) मा मेवालाल यादव, २ (२) मा अब्दुल रसिद खान र ३ (२) मा अशोक कुमार यादवले उम्मेदवारी दिएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.