Advertisement

सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ पुग्यो

0 149

Advertisement

१४ असाेज, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार (हिजो) छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बिहीबार तोलाको एक हजार १७० मा कारोबार भएको चाँदी आज पनि एक हजार १७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.