Advertisement

तृप्ति नाड्करकाे छोरा धीरजको फिल्म हेरिदिनुहुन नेपाली फ्यानलाई भिडियो सन्देश

0 161

Advertisement

१३ असाेज, काठमाडौं । शुक्रबार प्रदर्शन हुने फिल्म ‘बाबरी’लाई लिएर धीरज नाड्करका दुई अध्याय हुन सक्छन् । पहिलो- आमा तथा अभिनेत्री तृप्ति नाड्करको ‘लिगेसी’लाई निरन्तरता दिने र दोस्रो- आफू अभिनेताको रुपमा स्थापित हुने ।

यी दुई पक्षबाहेक अरु कुरा उनका लागि गौण हुन । फिल्मको बक्स अफिस अंकगणित उनको नियन्त्रणभन्दा बाहिरको कुरा हो । डेब्यु फिल्ममै फिल्म हिट गराउनुपर्ने दबाब कम्तीमा उनीमाथि छैन ।

अनलाइनखबरसँग कुरा गर्दै धीरजले आफूले दबाब महसुस नगरेको बताए । ‘म आफूलाई एक्टरको रुपमा प्रस्तुत गर्न चाहन्छु । मैले सिक्छु र जान्नुछ । आमाले मलाई प्रेरणा पनि दिनुभएको छ,’ उनी भन्छन् ।

फिल्म प्रवर्द्धनका लागि धीरज यतिबेला नेपालमा छन् । सन् २००९ मा गोपीकृष्ण मुभिजको ‘कुसुमे रुमाल २’ गरेयता तृप्ति नेपाली फिल्मबाट पूरै ओझेलमा छिन् । उनी भारतमै शिक्षण पेसामा संलग्न छिन् ।

सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे, कोसेली, आमाको काख र दुनियाँजस्ता फेमिली ड्रामा फिल्ममा अभिनय गरेकी तृप्ति र नेपाली फिल्मको पछिल्लो पुस्ताबीच खाडल छ । उक्त खाडललाई छोरा धीरजमार्फत पुर्ने चाहना तृप्तिको देखिन्छ । अर्कोतर्फ, धीरज पनि आमाको उक्त अभिनय लिगेसीलाई निरन्तरता दिन चाहन्छन् ।

तृप्तिले एक भिडियो सन्देश जारी गर्दै धीरजको फिल्म बाबरीलाई हेर्न र मन पराइदिन नेपाली फ्यानलाई आग्रह गरेकी छन् । आमा र छोराबीचको यो रियल लाइफ केमेस्ट्री उक्त भिडियोमा हेर्न सकिन्छ ।

१० वर्ष लामो फिल्म करिअरमा धीरज आफूलाई नेपाली फिल्म खेल्न पाएकोमा खुसी महसुस गर्छन् । ‘बाबरीबाट मैले साथीहरु कमाएँ र एउटा परिवार । योभन्दा पनि खुसी आमाको लिगेसीलाई निरन्तरता दिन सकेको छु,’ उनी भन्छन् ।

त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्म ‘बाबरी’मा अदिती बुढाथोकी र धीरज मगरसँग नाड्करले सहकार्य गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.