Advertisement

घोषणापत्रका लागि प्रविधिमार्फत् सुझाव संकलन गर्दै कांग्रेस

0 53

Advertisement

१० असाेज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रविधिमार्फत् सुझाव संकलन सुरु गरेको छ।

कांग्रेस घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् साताव्यापी सुझाव संकलन थालेको कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए।

घोषणापत्र निर्माणका लागि आन्तरिक छलफलदेखि प्रत्यक्ष सम्वाद र सर्वाजनिक सम्वाद सुरु गरिसकेको उल्लेख गर्दै सबैको सुझाव लिने निर्णय गरेको शर्माले बताए। समितिले स्वदेश तथा विदेशमा रहेका कांग्रेसका समर्थक, शुभेच्छुक र आलोचक लगायत समस्त नेपालीलाई सुझावका लागि आह्वान गरेको हो।

घोषणापत्र सुझाव समितिले ह्वाटसप, भाइबर, इमोमार्फत् मोबाइल नम्बर ९७४१७६३४१८ मा सुझाव दिन अपिल गरेको छ। त्यसैगरी, ९८८०२२३३५५ मा फोन गरेर सुझावलाई रेकर्ड गर्न सकिने बताएको छ।

यसका साथै नेपाली कांग्रेसको आधिकारी फेसबुकपेज, इमेल ट्विटर लगायतका माध्यमबाट यही असोज १६ गते अपरान्ह ४ बजेभित्र सुझाव पठाइसक्न अनुरोध गरेको छ।

यसरी प्राप्त भएका सुझावलाई समितिले अलग, अलग संग्रह गरेर उपयुक्त सुझावहरुलाई घोषणापत्रमा समेट्ने जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.