Advertisement

सिक्लेसको आईपीओ मंगलबार बाँडफाँड हुँदै, ७ प्रतिशतले मात्र सेयर पाउने

0 52

Advertisement

१० असाेज, काठमाडाैं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) असोज ११ गते मंगलबार बाँडफाँड हुँदैछ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बिहान ९ बजे सेयर बाँडफाँड हुनेछ । यसअघि शुक्रबार नै आईपीओको प्रि–अलटमेन्ट सम्पन्न भैसकेको छ । आईपीओ भोलि बाँडफाँड हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने उक्त बाँडफाँडमा गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ५ लाख ८०० जनाले मात्र सेयर पाउनेछन् । यो संख्या आईपीओमा परेको कुल आवेदकको ६.८८ प्रतिशत रहेको छ । आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेको थियो ।

प्रारम्भिक तथ्याङ्क अनुसार ९३.१२ प्रतिशत अर्थात १४ लाख ३३ हजार ३८ जनाको हात खाली हुने देखिन्छ । यसमा सि–आश्वा प्रणालीबाट रद्द भएका तथा दोहोरो आवेदन समेत रहेको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म कुल ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूको लागि र ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

सर्वसाधारणबाट १० करोड ५८ लाख रुपैयाँको आईपीओका लागि आवेदन माग गरिएकोमा १६.२९ गुणा बढी १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार १५ लाख ३८ हजार ८३८ जनाबाट १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.