Advertisement

समानुपातिकमा किन र कसरी परे भन्‍ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा

0 100

Advertisement

१० असाेज, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले समानुपातिक सूचीमा को-किन र कसरी परे भन्‍ने बहस बेकारको भएको बताएका छन्।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचीलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यस्को मर्म समावेशिता हो। कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टिमको इच्छावेशिता हो।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन्।‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज। हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन?,’ उनले लेखेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.